मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दादुराविरुद्धको खोप अभियानको निरीक्षणमा मन्त्री गिरी

ekantipur.com · Mon Jan 23 00:55:56 GMT 2023

नेपालगञ्ज — स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा संक्रमण नियन्त्रणका लागि बाँकेमा थालिएको खोप अभियान प्रभावकारी भएको बताएका छन् । उनले दादुरा संक्रमण नियन्त्रणका लागि सरकारले कुनै कसर बाकी नराख्नेसमेत बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारीहरुको एक टोली शनिबारदेखि नेपालगञ्जमा आएर दादुरा–रुवेला प्रकोप फैलिएको अवस्था बुझिरहेको छ ।

‘केही समुदायमा खोप नलगाउने समस्या देखियो‚’ मन्त्री गिरीले भने, ‘अहिलेको प्राथमीकता खोप भएकाले जनप्रतिनिधिसहित सबै सरोकारवालालाई यसलाइ प्रभावकारी बनाउन जुट्न भनेको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)