प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन
barnanmedia.com · Thu Oct 22 20:15:00 GMT 2026

पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन्। युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो।
नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)