फेसबुकबाट साथी बनाएर २५ लाख ठगी गर्ने युवती पक्राउ
ekantipur.com · Sat Jul 09 16:44:06 GMT 2022
पूर्वी नवलपरासी — फेसबुकमा नक्कली प्रेमिका बनेर २५ लाखभन्दा धेरै नगद ठगी गर्ने गैंडाकोटकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार एक अधबैंसे पुरुषलाई फेसबुकमार्फत साथी बनाएर नगद असुल्न सफल गैंडाकोट नगरपालिका ११ की २६ बर्षीया सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको हो । झण्डै एक वर्षअघि पीडित पुरुषले दिएको उजुरीको आधारमा ७ दिन अगाडि चितवन प्रहरीले ती युवतीलाई पक्राउ गरेको जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएर भरतपुर महानगरपालिका १ का ५२ वर्षीय पुरुषबाट उनले २५ लाख ४५ हजार ७ सय नगद उछिट्याएकी हुन् । 'ती युवतीले हरेकपटक भेट्दा पुरुषबाट नगद लिएको देखिन्छ,' चितवनका प्रहरी प्रवक्ता अधिकारीले भने । युवतीले दुई वटा फेसबुक आइडी बनाएर पुरुषलाई आकर्षक तस्बिरहरु पठाउने र पुरुष प्रभावित भएर मागेको पैसा दिँदै गएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)