कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति
rajdhanidaily.com · Thu Apr 20 23:21:01 GMT 2023
कपिलवस्तु । कपिलवस्तु । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा चलेपछि आग लागीका घटना समेत बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।
बिहीबार विजयनगर गाउँपालिका – ५ सिसवामा आगलागी हुँदा २६ घर गोठमा क्षति पुगेको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)