किताब आयातमा लगाइएको कर हटाइयो
farakdhar.com · Mon Nov 09 17:39:17 UTC 2020
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किताब आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको छ ।
यसअघि गत वर्षको बजेटमा विदेशबाट किताब तथा पत्रपत्रिका ल्याउँदा १० प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरिएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यो व्यवस्था गरेपछि सरकारको विरोध हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)