बझाङको तलकोटमा आजदेखि ‘फोरजी’ सेवा सञ्चालन
lokaantar.com

बझाङको तलकोटमा आजदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ ।
टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा आएको हो । हाल तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इञ्जिनियर तिलक धामीका अनुसार आजदेखि फोरजी सेवा सञ्चालन भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)