रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक
gorkhapatraonline.com · Sat Jan 06 01:02:01 GMT 2024
काठमाडौँ, पुस २१ गते । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा तत्कालका लागि रोक लगाएको छ । वैदेशिक रोजगार विभागले रुस–युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको हो ।
विभागले सूचना सार्वजनिक गरेर यी देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ । पछिल्लो समय रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)