फेवातालको सौन्दर्य संरक्षणमा ढिलाइ
rajdhanidaily.com · Mon Jul 03 23:18:17 GMT 2023
पोखरास्थित नेपालको सबैभन्दा सुन्दर र ठूलो ताल फेवाताल अहिले लोप हुने हो कि भन्ने खतरामा पुगिसकेको छ । ताल पुरै लोप हुन समय लाग्ला तर यसको सुन्दरताको गति भने दैनन्दिन ह्रासोन्मुख छ । यात्रुहरू सयर गर्ने फेवातालको स्वच्छ पानी पुरै जलकुम्भीले ढाकिसकेको छ भने यसको ’round किनारामा रहेको जमिन अतिक्रमित मानव बस्तीले ढाकिँदो छ ।
यति मात्र होइन फेवातालमा मिसिने खहरे खोलाबाट बर्खायाममा निकै ठूलो परिमाणमा ढुंगामाटो आएर थुप्रने गर्दछ । खहरेको यो गति निकै तीव्र छ । यसले तालमा पानीको भाग पुर्दै र साँगुरो बनाउँदै लगिरहेको छ । फेवाताल अतिक्रमणमा प्रकृति तथा मानव दुवैको क्रिया खतरनाक रूपमा अघि बढिरहेको छ । यही चौतर्फी अतिक्रमणका कारण ताल बर्सेनि नासिँदै गइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)