मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जोकोभिचले जिते २३औं ग्रान्ड स्लाम

ekantipur.com · Mon Jun 12 00:40:30 GMT 2023

काठमाडौँ — नोभाक जोकोभिचले आइतबार कीर्तिमानी २३औं ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन् । उनले यसका लागि फ्रेन्च ओपनको फाइनलमा नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र ७–५ ले पराजित गरे ।

पहिलो सेटमा केही संघर्ष गरेका ३६ वर्षीय जोकोभिचले त्यसपछिका दुई सेट भने सजिलै जिते । यस उपाधिसँगै सर्बियाली खेलाडीले राफेल नाडालले भन्दा बढी ग्रान्ड स्लाम उपाधि जितेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)