मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पूर्ण खोप लगाएकालाई महिनावारीको समयमा बढी रक्तस्राव हुने अनुसन्धानको दाबी

swasthyakhabar.com · Wed Jul 27 00:10:00 GMT 2022

तीन महिनाको यस अनुसन्धानमा ३९ हजार महिलालाई समावेश गरिएको थियो। उनीहरू सबैले खोपको दुई डोज लगाएका थिए र कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको थिएन। अनुसन्धानकर्ताहरूले उनीहरूलाई महिनावारीसँग सम्बन्धित परिवर्तनहरू जस्तै रक्तस्राव अवधि, चक्र अवधि र अन्य सामान्य लक्षणहरूमा ध्यान दिन आग्रह गरेका थिए।

अनुसन्धानकर्ताहरूले नियमित महिनावारी हुने ४२५ महिलाहरूलाई पहिले भन्दा धेरै रक्तस्राव हुन थालेको पत्ता लगाएका हुन्। तर, त्यहाँ भएका ४४५ महिलाहरूको भने अवधि प्रवाह परिवर्तन नभएको जनाएको छ। अनुसन्धानमा केही यस्ता महिलाहरू पनि थिए जसको अवधि प्रवाह पहिलेको भन्दा कम थियो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)