सडक पेटीमै एक सातादेखि ५० परिवारको बास
ekantipur.com · Thu Oct 16 18:15:11 GMT 2025

पर्सा — वीरगन्ज महानगरपालिका–२३ सबैठवाका ३० वर्षीय प्रधुमन पण्डित वीरगन्जस्थित घण्टाघरमा सडकको पेटीमा बास बस्न थालेको एक साता भयो । पर्सा पकाहामैनपुर गाउँपालिका सूर्याहा घर भएका रमेश पण्डितसँग साझेदारीमा गरेको माटोका भाँडा र सामग्री बेच्ने व्यापारमा अहिले उनी मग्न छन् ।
सडक पेटीमै भिनाजु र सालो मिलेर पसल थापेका हुन् । राति पनि पालैपालो उनीहरू सडकपेटीमै सुत्छन् । कतिपय कुम्हाले खुला आकाशमुनि सुत्छन् । कोही प्लास्टिकको टेन्ट हाल्छन् । कतिपय कुम्हाले सपरिवार नै झण्डै दुई साता व्यापार गर्न भनी सडक पेटीमा सँगै बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)