मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत र चीनका सामरिक मदभेदका आधार

rajdhanidaily.com · Wed Jul 07 23:26:49 GMT 2021

चिनियाँ कम्युनिस्ट पार्टीले १० दशकको लामो यात्रा सफलतापूर्वक पूरा गरेको छ । कम्युनिस्ट पार्टीले आफ्नो भावी रणनीति र सफलताबारे व्यापक छलफल र गन्थन–मन्थन गरिरहेको छ । साथसाथै आफ्नो परराष्ट्रनीतिको आयामबारे पनि व्यापक बहस चलाइरहेको छ । चीनको परराष्ट्र नीतिबारे विभिन्न शोध संस्थानले पनि व्यापक बहस र छलफल चलाइरहेका छन् । अक्सफोर्ड र जवाहर लाल नेहरु विश्वविद्यालय हुँदै हाल ली क्वाउन विश्वविद्यालय सिंगापुरमा अध्यापन गराइरहेका विद्वान कान्ति बाजपेयीले चीन र भारतको विवाद र सम्बन्धबारे एक महŒवपूर्ण पुस्तक लेखेका छन् । ‘चाइना भर्सेज इन्डिया’ शीर्षक रहेको सो पुस्तकमा उनले भारत र चीनबीच रहेको कटुता र विभेदका कारणलाई इंगित गरेका छन् । प्रस्तुत पुस्तक चारवटा ‘पी’बाट दिशानिर्देशित भएको छ ।

चारवटा ‘पी’मा अवधारणा (पर्सेप्सन), शक्ति (पावर), साझेदारी (पार्टनरसिप) र मापन (पारामिटर)का आधारमा उनले भारत र चीनबीचको कटुतालाई पुस्तकका माध्यमबाट दर्साउँदै उनले नयाँ विचार–विमर्शको थालनी गरेका छन् । चिनियाँ समुदायमा भारतप्रति सद्भाव र सहानुभूतिमा ह्रास आइरहेको छ । विगतका दिनमा बौद्ध धर्मले चिनियाँ र भारतीय संस्कृतिलाई जोड्ने काम गरे तापनि कम्युनिस्ट पार्टीद्वारा सञ्चालित मुख्य पत्रिका ग्लोबल टाइम्सलगायत विभिन्न छापाखानाहरूले भारतप्रति नकारात्मक भाष्य निर्माण गरिरहेको अवस्थामा भारत र चीनको सम्बन्ध लिकमा नभएको कुरा बाजपेयीले गरेको शोधबाट पुष्टि भएको छ । साझेदारी पनि कूटनीतिमा महŒवपूर्ण ठाउँ राख्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)