मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित

barnanmedia.com · Thu Oct 22 22:30:19 GMT 2026

ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज गरेको हो। श्रीलंकाका लागि यो कीर्तिमानी रन चेज हो।

इंग्ल्यान्डले ब्रूकको २०२ रनको मद्दतमा ५० ओभरमा ४ विकेटको क्षतिमा ४२९ रन बनाएको थियो। ब्रूकले ११४ बलमा दोहोरो शतक पूरा गर्दै एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान राखेका थिए। उनको ऐतिहासिक इनिङ्सका बाबजुद इंग्ल्यान्डले जित निकाल्न सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)