‘सन्तुलित’ मौद्रिक नीति
annapurnapost.com · Sat Aug 14 06:49:00 GMT 2021
काठमाडौं : कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित बनेको अर्थतन्त्रलाई सहज बनाउने प्रयास स्वरूप नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित बनाउन खोजेको छ। कोभिड प्रभावितलाई गत आर्थिक वर्षमा दिएको अधिकांश सहुलियतलाई निरन्तरता दिँदै वित्तीय स्थायित्व कायम राख्ने रणनीति अघि सारेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी गर्दै यस्तो रणनीति अघि सारेका हुन्।
समग्रमा मौद्रिक नीति संकुचित पनि नभएको र विस्तारकारी पनि नभएकाले मध्यम अवस्थामा रहेको बैंक विज्ञ अनलराज भट्टराई बताउँछन्। उनका अनुसार केन्द्रिय बैंकले वित्तीय क्षेत्र स्थायित्वका लागि काम गरेको छ। ‘कोभिड प्रभावितसँगै बैंकहरूलाई कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा व्यवस्था गर्नदेखि ब्याज असुलीमा अवधि थप्ने, ईएमआईको साना कर्जालाई चार किस्तामा भुक्तानी गर्न एक वर्ष समय थपिदिएको छ’ उनले भने। यसैगरी, सरकारको नेतृत्व परिवर्तन भएकाले यसपटक मौद्रिक नीति सार्वजनिकमा केही ढिलाइ भए पनि सकेसम्म सबैका अपेक्षाहरू समेट्न खोजेको नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)