भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या १,९४३ पुग्यो, १० हजारभन्दा बढी घाइते
aarthiknews.com

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ९४३ पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म १० हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने १५ हजारभन्दा बढी प्रभावित व्यक्तिको विवरण दर्ता गरिएको छ। राहत तथा उद्धार अभियान सुरु भएयता ६ हजार ४६१ जनाको सकुशल उद्धार गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)