महाभारतमा सात हजार कफीका बिरुवा वितरण
nagariknews.nagariknetwork.com · Sun May 17 02:41:44 GMT 2026

महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ। ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो।
गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो। किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)