मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तिला नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

ekantipur.com · Tue Oct 19 01:53:46 GMT 2021

काठमाडौँ — आइतबारदेखि परेको वर्षाका कारण जुम्लास्थित तिला नदीको जलसतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान तिला नदीको सेरीघाट जलमापन केन्द्रमा नदीले सतर्कता तह पार गरेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा मंगलबार रातिसम्मै उच्च जोखिम रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै कैलाली, खुटीया खोला मुडीभर केन्द्रमा नदीको सतह सतर्कता तह आसपास रहेको तथा माथिल्लो भूभागमा थप वर्षा हुने पूर्वानुमान रहेकाले जलसतह थप बढ्नसक्ने तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)