संसार हल्लाउने जेनजी पुस्ताकी एक कम्युनिष्ट योद्धा नेहा बोरा
bishowkhabar.com · Thu Oct 22 23:46:51 GMT 2026

काठमाडौं । प्रहरीको घेराबन्दी छिचोल्दै अघि बढ्ने, ब्यारिकेडमाथि चढेर मुट्ठी उचाल्दै नारा लगाउने र हिरासतमा पुगेपछि पनि आन्दोलन जारी राख्न आह्वान गर्ने युवती पछिल्लो समय भारतमा चर्चाको केन्द्रमा छिन् । उनी हुन्, नेहा बोरा(भारतको वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएकी २९ वर्षीया अभियन्ता ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध भइरहेको प्रदर्शनमा उनी अहिले परिचित अनुहार बनेकी छन् । परीक्षा प्रश्नपत्र चुहावट, बेरोजगारी, शिक्षा सुधार र निर्वाचन प्रक्रियासम्बन्धी विवादमा सडकमा उत्रिएकी बोराका भाषण, गिरफ्तारीका दृश्य र प्रहरीसँगको मुठभेडका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)