बाढी प्रभावितका लागि हानिनोक्सानी कोषद्वारा करिब तीन अर्बको अनुदान स्वीकृत
hamrakura.com · Fri Oct 23 00:00:00 GMT 2026

काठमाडौँ। जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय हानिनोक्सानी कोष ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कोषको विशेष बैठकले नेपाल सरकारले गत अगस्ट ३१ मा गरेको अनुरोधलाई स्वीकार गर्दै उक्त रकम स्वीकृत गरेको हो। जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले विकसित तथा विकासशील राष्ट्रका बोर्ड सदस्यहरूसँगको समन्वयपछि यो सहयोग सुनिश्चित भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)