विश्व क्रिकेटको नयाँ शक्ति केन्द्र बन्दै नेपालः विश्वकप छनोटदेखि आईसीसी सम्मेलनसम्म काठमाडौंमै
barnanmedia.com · Fri Oct 23 00:46:35 GMT 2026
काठमाडौं । नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउने अवसर थपिँदै गएको छ। विश्वकप छनोट प्रतियोगितादेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलनसम्मका महत्त्वपूर्ण कार्यक्रम नेपालमा आयोजना हुने भएपछि नेपाली क्रिकेटको चर्चा अन्तर्राष्ट्रिय वृत्तमा बढेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार काठमाडौंमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। यस प्रतियोगिताका शीर्ष चार टोलीले सन् २०२७ मा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)