मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज

ratopati.com · Fri Oct 23 01:02:51 GMT 2026

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामा सहजता मिलेको छ । विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिँचाइ पुग्ने गरेको छ ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिँचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिँचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)