ह्यारी ब्रुकको ११४ बलमै दोहोरो शतक, इंग्ल्यान्डको कीर्तिमान
kendrabindu.com · Fri Oct 23 01:00:31 GMT 2026
काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक दोहोरो शतक प्रहार गरेका छन् । श्रीलंकाविरुद्धको त्रिकोणात्मक शृङ्खलामा उनले मात्र १ सय १४ बलमा दोहोरो शतक पूरा गर्दै सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका हुन् ।
अहिले जारी उक्त खेलमा ब्रुकले २०२ रनको विस्फोटक इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा २१ चौका र १० छक्का प्रहार गरे । यससँगै उनी ओडीआई क्रिकेटमा दोहोरो शतक बनाउने इंग्ल्यान्डका पहिलो ब्याटर बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)