मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई ३ अर्ब रुपैयाँ जलवायु अनुदान

tourismface.com · Fri Oct 23 01:05:53 GMT 2026

काठमाडौं । जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न स्थापना गरिएको हानि–नोक्सानी कोषले नेपाललाई करिब ३ अर्ब २ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले विज्ञप्तिमार्फत उक्त निर्णयबारे जानकारी दिएको हो।

कोषले २ करोड अमेरिकी डलर बराबरको अनुदान भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा खर्च गर्ने उद्देश्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)