मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

kendrabindu.com · Fri Oct 23 01:09:41 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)