मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

ratopati.com · Fri Oct 23 01:14:29 GMT 2026

काठमाडौँ । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतको दुर्गम क्षेत्रमा गएको भूकम्पका कारण मानवीय क्षति भएको हो।

भारतीय समयअनुसार बिहीबार राति ८ बजेर ३ मिनेटमा तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) को तथ्यांकमा उल्लेख छ। भूकम्पपछि पनि तिब्बतका विभिन्न क्षेत्रमा पटकपटक धक्का महसुस गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)