कृत्रिम ड्यामले फेरियो सुक्खा जमिनको मुहार
nagariknews.nagariknetwork.com · Fri Oct 23 00:51:00 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामा सहजता मिलेको छ। विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ।
बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)