मूल्य घटेपछि पेट्रोलियम पदार्थको अभाव, निगमले खटायो तीन टोली
rajdhanidaily.com · Wed Jul 01 08:17:57 GMT 2026

काठमाडौं । मूल्य घट्ने अनुमानमा पेट्रोल पम्पहरूले तेल नउठाउँदा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरेका हुन् ।
मङ्गलवार नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँको दरले मूल्य घटाएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिख र अन्तिम दिन मूल्य समायोजन गर्ने व्यवस्था अनुसार निगमले मङ्गलवार मूल्य समायोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)