अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ
barnanmedia.com · Thu Oct 16 22:13:13 GMT 2025

मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ ।
बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् । दीपावली पर्व नजिकिँदै गर्दा पराले झुप्रा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् । दीपावली र छठका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव आमसर्वसाधारणले अहिले बिर्सेझैँ लाग्छ । सबै पर्वको तयारीमा छन् । लाग्छ, यहाँ कुनै अभाव छैन । जताततै उल्लास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)