प्रहरीद्वारा ८५ वटा नयाँ सवारीसाधन खरिदका लागि बोलपत्र आह्वान
barnanmedia.com · Thu Oct 16 22:39:51 GMT 2025

प्रहरी प्रधान कार्यालयले आफ्नो कार्य सञ्चालनलाई प्रभावकारी बनाउन ८५ वटा नयाँ सवारीसाधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले ७५ वटा पेट्रोल पिकअप (गस्तीका लागि) र १० वटा विद्युतीय एस्कर्ट गाडी खरिद गर्नका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना प्रकाशित गर्दै इच्छुक आपूर्तिकर्ता कम्पनीहरूलाई विद्युतीय माध्यमबाट बोलपत्र पेस गर्न अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)