चलचित्र ‘कबड्डी ५’ आजबाट हलमा
kendrabindu.com · Fri Oct 23 02:49:31 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो सिनेमा आजबाट हलमा रिलिज भएको हो । चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको छ ।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा कलेक्सन गर्ने यसको बुकिङले देखाएको छ । ६० भन्दा बढी शो रिलिजको अघिल्लो दिन नै हाउसफूल भएको यसका कलाकारहरूले स्क्रिनसट सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)