विश्व बैंकले नेपाललाई दियो १० करोड डलर ऋण सहायता
abhiyandaily.com
काठमाडौं (अस) । बहुपक्षीय दातृनिकाय विश्व बैंकले नेपाल १० करोड डलर (रू. १२ अर्ब ७५ करोड) बराबरको ऋण सहायता स्वीकृत गरेको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
विश्व बैंकका कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय प्रतिनिधि फारिस हदाद जर्भोसले शुक्रवार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलोपटक ऋण सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)