उद्योगले तिर्नथाले डेडिकेटेड र ट्रंक लाइनको बिल
rajdhanidaily.com · Thu Oct 16 23:06:43 GMT 2025

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् ।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नवनेपाल प्लास्टिक इन्डस्ट्रिजले किस्ता तिरेका हुन् । तीनवटै उद्योगले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका थिए । २८ किस्ता सुविधा लिएका यी उद्योगले केही बक्यौता रकम तिरेपछि गत वैशाखबाट पुनः किस्ता तिर्न छाडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)