मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कैलालीका स्वास्थ्यकर्मी आन्दोलित : निजी अस्पतालमा श्रम शोषण र न्यून पारिश्रमिकको विरोध

rajdhanidaily.com · Thu Oct 16 23:25:14 GMT 2025

धनगढी । धनगढीमा कार्यरत निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन । चिकित्सक बाहेकका स्वास्थ्यकर्मीहरूलाई न्यून पारिश्रमिक दिने र श्रम शोषण बढ्दै गएको भन्दै उनीहरूले सामूहिक आन्दोलनमा उत्रेका हुन् ।

धनगढी, अत्तरिया तथा आसपासका अधिकांश निजी अस्पतालमा कार्यरत स्टाफ नर्स, अनमी, ल्याब सहायक लगायतका स्वास्थ्यकर्मीहरूले सरकारी मापदण्डअनुसारको पारिश्रमिक नपाएको गुनासो गर्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएका छन् भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)