मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै

annapurnapost.com · Fri Oct 23 04:04:46 GMT 2026

गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित बनेको मनास्लु क्षेत्रमा पुनः पर्यटकको चहलपहल बढ्न थालेको छ। बाढीले क्षति पुर्‍याएको पदमार्ग मर्मत भएपछि अहिले दैनिक उल्लेख्य संख्यामा विदेशी तथा आन्तरिक पर्यटकहरू मनास्लु पदमार्गमा भित्रिन थालेका छन्।

मनास्लु प्रवेशस्थल जगतका होटल व्यवसायी गणेश कार्कीका अनुसार पछिल्ला केही दिनयता दैनिक ५० देखि ६० जनासम्म पर्यटक मनास्लु प्रवेश गरिरहेका छन्। 'बूढीगण्डकीको बाढीले बिगारेको बाटो मर्मत भएपछि अहिले पर्यटक आउन थालेका छन्', उनले भने, 'दिनमा ५०-६० जना पर्यटक आउने गरेका छन् । मुख्य सिजन भनेकै कार्तिक हो । मंसीरको १५ सम्म त पर्यटक आइरहन्छन् ।'

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)