सुरक्षा जोखिमका कारण नेपाल राष्ट्र बैंकका वेबसाइट र सेवा अस्थायी रूपमा बन्द
nepalviews.com · Fri Oct 23 04:20:40 GMT 2026

काठमाडौं । वेब प्रविधि (PHP) मा देखिएको विश्वव्यापी गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्ना वेबसाइट तथा विभिन्न सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णयबारे जानकारी गराएको हो।
सेवा स्थगनका कारण बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना व्यक्त गरेको छ। वेबसाइट बन्द रहेको अवधिमा अत्यावश्यक सूचना तथा जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यमहरू हेर्न अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)