नेपाल युथ गेम्स हुने
baahrakhari.com · Thu Apr 24 17:08:10 GMT 2025
काठमाडौं । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मंसिर १३ देखि २० गतेसम्म हुने भएको छ । काठमाडौंमा हुने प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने भएछन् ।
प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ–स्पोर्टस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको उद्देश्य नवप्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)