फेसबुक र इन्स्टाग्रामको एल्गोरिदम सुधार्न भारत सरकारको मेटालाई निर्देशन
ictsamachar.com

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा भ्रामक सूचना तथा सम्पादित तस्बिर र भिडियोको प्रसार नियन्त्रण गर्न मेटालाई आफ्नो सामग्री सिफारिस प्रणाली (कन्टेन्ट रिकमेन्डेसन सिस्टम) पुनरावलोकन गर्न निर्देशन दिएको छ ।
भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय (एमईआईटीवाई) ले मेटालाई पठाएको परामर्शमा सामाजिक सञ्जालमा हिंसा भड्काउन सक्ने, सर्वसाधारणमा डर फैलाउने वा सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने सामाग्रीप्रति चिन्ता व्यक्त गरेको हो । प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को रिपोर्टअनुसार, मन्त्रालयले यससम्बन्धमा मेटालाई छवटा प्रमुख क्षेत्रमा सुधार गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)