फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
ratopati.com · Fri Oct 23 05:01:10 GMT 2026

काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
आज नयाँ चलचित्रका रूपमा ‘कबड्डी ५’ मात्र प्रदर्शनमा आएको भए पनि यसले देशभरका सबै हल र शो भने एकलौटी रूपमा पाएको छैन । दसैँको अवसरमा रिलिज भई अझै पनि हलमा उल्लेख्य व्यापार गरिरहेका चलचित्र ‘१२ गाउँ २’, ‘आमा २’ र ‘छ माया छपक्कै २’ प्रदर्शनमै रहेका कारण ‘कबड्डी ५’ ले केही चुनौती र हल बाँडफाँटको सामना गर्नुपरेको हो । तर, अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भइसकेकाले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्साह निकै उच्च रहेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)