मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषिको तथ्याङ्कीय सुधारमा जोड

ekantipur.com · Fri Dec 12 18:45:21 GMT 2025

डडेल्धुरा — कृषि क्षेत्रलाई प्रभावकारी र उद्देश्यपूर्ण बनाउन विश्वसनीय तथ्याङ्क अनिवार्य रहेको भन्दै कृषिको तथ्याङ्कीय सुधारका लागि डडेल्धुरामा शुक्रबार अन्तर्क्रिया गोष्ठी सम्पन्न गरिएको छ । कृषि विकास निर्देशनालय दिपायल–डोटीले कृषि ज्ञान केन्द्र डडेल्धुरामा आयोजना गरेको गोष्ठीमा डडेल्धुरा, बैतडी र बझाङका स्थानीय तहका कृषि प्राविधिकको सहभागिता थियो ।

कृषि विकास मन्त्रालयका तथ्याङ्क अधिकृत कमलराज गौतमका अनुसार गोष्ठीको मुख्य उद्देश्य तथ्याङ्कीय विधिबाट कृषि तथ्याङ्क निकाल्ने प्रक्रियालाई स्थानीय तहसँग समन्वय गर्दै अघि बढाउनु रहेको छ । उनले कृषि क्षेत्रको तथ्याङ्क संकलनका लागि आवश्यक प्रारम्भिक चरणको काम भइरहेको र यसले आगामी अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)