सुडानको जातीय झडपमा मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
ratopati.com
एजेन्सी । जातीय विवादका कारण तनावग्रस्त बनेको सुडानको डार्फर क्षेत्रलाई मङ्गलबार शान्त पारिएको सुडान सरकारले जनाएको छ । करिब तीन दिन चलेको जातीय हिंसाका कारण कम्तिमा १५५ व्यक्तिको मृत्यु भएको छ भने हजारौँ नागरिक विस्थापित बनेका छन् । डार्फरमा दशौं हजार नागरिक विवादपछि त्रासले विस्थापित भएको एक आदिवासी नेता तथा क्षेत्रीय अधिकारी मोहम्मद अबदल्ला अल डुमाले बताए ।
संयुक्त राष्ट्र संघ र अफ्रिकी संघले पठाएको शान्ति सेनाले उक्त स्थान छोडेको लगत्तै भएका घटनापछि उनीहरूलेत्यस क्षेत्रमाण् थप रक्तपात हुने डर बढेको जनाएपछि राजधानी खार्तूमको संक्रमणकालीन सरकारले दुर्गम क्षेत्रमा राष्ट्रिय सेना पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)