तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको गुनासो
barnanmedia.com · Wed Apr 09 22:06:24 GMT 2025

काठमाडौँ, २८ चैतः विश्वसम्पदा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएर विश्वसम्पदा सूचीमै सूचीकृत स्वयम्भू क्षेत्रमा समाप्त हुने तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको सरोकार भएकाहरूको गुनासो छ ।
तेमाल जात्राका बारेमा तामाङ पत्रकार सङ्घले बुधबार आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डङ्गोलले जात्रा स्वयम्भू क्षेत्रमा टुङ्गिने भए पनि यो क्षेत्रमा स्थायी खालको व्यवस्थापन समिति नबन्दा जात्रामा सांस्कृतिक अतिक्रमण सुरु भएको बताउनुभयो । ऐतिहासिक जात्रा मनाउन स्थायी खालको मूल व्यवस्थापन समिति नभएकै कारण समस्या आएको बताउनुभयो । तेमाल जात्रामा तामाङ मौलिक गीत, फापरे गीत गाउनुपर्नेमा डिजे गीतहरूले अतिक्रमण भइरहेको डङ्गोलको भनाइ थियो । यस्तो विकृति रोक्न तामाङ समुदाय नै लाग्नुपर्ने उहाँको सुझाव थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)