मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लुम्बिनी कप महिला फुटबलमा आठ समूह खेल्ने

barnanmedia.com · Wed Apr 09 22:08:50 GMT 2025

आगामी वैशाख ५ गतेदेखि सुरु हुने लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आठ समूह सहभागी हुने भएका छन् ।

नेपालगञ्ज रङ्गशालामा हुने खेलमा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ समूहको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)