मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

nepalnews.com · Fri Oct 23 05:05:37 GMT 2026

स्विट्जरल्यान्ड। जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन्। यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ।

प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको हेल्मेट र रोमनकालीन मूर्तिलगायतका वस्तु राखिएका छन्। गाईको खप्पर, जुत्ता, स्विस सेनाको पुरानो प्रकारको चक्कु र स्कीका सामग्री पनि प्रदर्शनीमा समावेश छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)