जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक
khabarhub.com · Fri Oct 23 05:05:28 GMT 2026

दमौली – चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटनको मुख्य याम सुरु भएसँगै बन्दीपुरका पर्यटकीयस्थल, होटल तथा ग्रामीण बस्तीमा विदेशी पर्यटकको चहलपहल बढेको हो ।
प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, परम्परागत नेवारी बस्ती, मौलिक संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । मौसम अनुकूल हुँदै जाँदा यहाँ घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको पर्यटन व्यवसायी बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)