अक्षयको ‘पृथ्वीराज’ जुन १० मा प्रदर्शन हुने
nepallive.com · Thu Feb 10 17:01:00 GMT 2022
काठमाडौं- कोरोना महामारीका कारण प्रदर्शन स्थगित भएको बलिउड फिल्म ‘पृथ्वीराज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। बलिउड अभिनेता अक्षय कुमार र मानुषी छिल्लर मुख्य भूमिकामा रहेको फिल्म आगामी जुन १० मा प्रदर्शन हुने मिति निर्माणपक्षले सार्वजनिक गरेको छ।
ऐतिहासिक कथामा आधारित रहेको फिल्म ‘पृथ्वीराज’ यसअघि जनवरी २१ मा प्रदर्शन हुने घोषणा भएको थियो। तर, भारतमा निरन्तर बढ्दो कोरोना महामारीका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको थियो। निर्माणपक्षले आगामी प्रदर्शन मितिबारे केही जानकारी नदिइ त्यतिबेला फिल्मको प्रदर्शन रोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)