‘राष्ट्र बैंकमाथि हस्तक्षेप ठीक भएन, यसले मनोबाल घटाउँछ’
ekantipur.com · Sat Apr 09 18:11:29 GMT 2022
काठमाडौँ — जुनै दलको सरकार आए पनि राष्ट्र बैंकसंँग टसल परिरहेको हुन्छ । मेरो पालामा पनि धेरैपटक टसल पर्यो । चार/चार महिनासम्म डेपुटि गभर्नर नै दिइएन । राजनीतिक पार्टीहरूले नै यसको बिउ रोप्ने काम गरेका हुन् । यसमा कोही पनि राजनीतिक दल चोखा छैनन् ।
गभर्नरलाई कुनै बेला पनि हटाउन सक्ने बुँदा संसोधन गरेर पूर्वअर्थमन्त्री युवराज खतिवडाको पालामा पठाएको कुरा हामीलाई थाहा नै थिएन । त्यसमा अर्थ मन्त्रालयले विभिन्न बुँदा राखेर संसदबाट एउटै स्वरमा सबै राजनीतिक दलहरूले पास गरे । कसैले अध्ययन नगरी पास गरे । त्यसपछि यो विषयले प्रश्रय पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)