फुटबल हेर्न खेतका कान्लामा
ekantipur.com · Sat Mar 04 16:17:17 GMT 2023
पाँचथर — फुटबलका गतिविधि हुन छाडेपछि न्यास्रो मानिरहेका पाँचथर सदरमुकाम फिदिमका दर्शकले शनिबार निर्माणाधीन पाँचथर रंगशालाको दायाँबायाँ रहेको खेतका आलीसँगै कान्ला र भित्तामा बसेर प्रतियोगिता हेरे । २०७५ सालसम्म फिदिममा प्रत्येक वर्षको पुस महिनामा फाल्गुनन्द गोल्डकप र वैशाखमा पाँचथर गोल्डकपका नामले वर्सेनि दुई वटा ठूला प्रतियोगता हुन्थे । फिदिम माध्यमिक विद्यालयको खेल मैदान स्तरवृद्धि गर्न थालिएपछि २०७५ सालपछि सदरमुकाम फिदिम बजारमा क्षेत्रमा फुटबलका गतिविधि ठप्प छन् ।
लामो समय प्रतियोगिता नहुँदा सदरमुकाम क्षेत्र सुनसान हुनका साथै खेलाडी उत्पादन पनि प्रभावित भएको भन्दै यहाँको तुम्याहाङ क्लबले फागुन १६ देखि २० गतेसम्म जिल्लाका स्थानीय तहको सहभागितामा प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको आयोजना गरेसँगै यहाँका दर्शकले कान्ला भित्तामा बसेर फुटबल हेर्दै नियास्रो मेटाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)