‘एल क्लासिको’ मा रियल विजयी
ekantipur.com · Sun Oct 29 01:17:03 GMT 2023
काठमाडौँ — जुड बेलिङघमले ९२ औं मिनेटमा गरेको निर्णायक गोलमा रियल म्याड्रिडले शनिबार ‘एल क्लासिको’ मा बार्सिलोनालाई २–१ ले हराएको छ । स्पेनी ला लिगामा रियलले एक गोलले पछाडि रहेको स्थितिमा यो नाटकीय जित निकालेको हो ।
इलकयी गुन्डोगनको गोलले बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएयता बेलिङघमले नै ६८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । यस प्रदर्शनसँग इंग्लिस मिडफिल्डरले रियलका लागि आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)