भारतका पूर्व क्रिकेटर दुरानीको ८८ वर्षको उमेरमा निधन
ratopati.com · Sun Apr 02 23:02:00 GMT 2023
नयाँ दिल्ली । इङ्ग्ल्यान्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । बायाँ हातले आक्रामक खेल खेल्न सक्ने ब्याट्सम्यान र बलर दुरानीले सन् १९६० देखि १९७३ सम्म भारतका लागि २९ टेस्ट खेलेका थिए ।
उनले वेस्ट इन्डिजविरुद्धको खेलमा आफ्नो एक मात्र शतक रेकर्ड बनाएका थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले ट्वीटरमा लेखेका छन्, “भारतीय क्रिकेट टोलीका एक दिग्गज खेलाडी सलिम दुरानीको निधनको खबरले मर्माहत भएको छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)