वीर अस्पतालमा पार्किन्सन र छारे रोगको विशेष शल्यक्रिया तथा क्लिनिक सञ्चालन हुने
lokaantar.com

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकास्थित कार्लिअन अःपतालको सहकार्यमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन, छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार यो तेस्रो विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम हो। यसमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको परीक्षण र मूल्यांकन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)